images
images

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

    काठमाडौँ / वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै रु ११ लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

    images
    images

    सल्यानको शारदा नगरपालिका-१ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही नगरपालिका वडा नं ५ घर भई हाल काठमाडौँ-२६ बस्ने ३३ वर्षीय टोपबहादुर सेजुवाललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

    प्रवक्ता रेग्मीका अनुसार पक्राउ परेकाहरुले खड्गराज गिरीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार