images
images

रुसमा हुने मानव तस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानव तस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • रुसमा हुने मानव तस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

    काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ । 

    images
    images

     संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।    

     संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उहांहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो । संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलाइ दिइ मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ । 

    नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा  स्थायी रुपमा बसोबास गर्ने, अध्यन तथा व्यवसाय गर्ने नेपालीहरुको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ ।

    यसरी बसोबास गर्दै  आएका नेपालीहरू छुट्टिमा नेपाल  आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरुलाई रोक्ने, श्रम स्वीकृति नर्गने जस्ता घटनाहरु भईरहेकोप्रति समेत संघले ध्यान आकर्षण गराएको छ ।  

    भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको  सहभागिता थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार