पर्सा / सशस्त्र प्रहरीले करिब ३६ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान र जुत्ता बरामद गरेको छ । प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट माघ १६ गते चोरीपैठारीको उक्त सामान बरामद गरेको हो ।
भारतबाट अवैध रूपले साइकलहरूमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले बरामद गरेको हो ।
उक्त सामान ल्याउने व्यक्तिहरू भने फरार भएका थिए । बरामद सामान वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।