images
images

प्राधिकरणको महोत्तरी वितरण केन्द्रद्वारा ६ महिनामा पाँच करोड बढी राजस्व सङ्कलन

प्राधिकरणको महोत्तरी वितरण केन्द्रद्वारा ६ महिनामा पाँच करोड बढी राजस्व सङ्कलन

शनिवार, माघ २० २०८०
शनिवार, माघ २० २०८०
  • प्राधिकरणको महोत्तरी वितरण केन्द्रद्वारा ६ महिनामा पाँच करोड बढी राजस्व सङ्कलन

    महोत्तरी / नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी)ले छ महिनामा रु पाँच करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले रु पाँच करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व सङ्कलन गरेको हो । 

    images
    images

    उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम सङ्कलन भएको हो । 

    छ महिनामा दुई सय ९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ । यो कारबाहीबाट रु २७ लाख ८४ हजार एक सय ७७ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए । 

    सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका चार सय ८८ सेवाग्राहीको लाइन पुनःजोडिदा रु तीन करोड ८१ लाख १२ हजार आठ सय ७६ राजस्व सङ्कलन भएको छ । 

    सोही अवधिमा सेवा क्षेत्रका चार सय २४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा रु एक करोड १४ लाख २५ हजार सात १५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

    जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा गौशाला र दक्षिणी भेगमा जलेश्वर वितरण केन्द्रले सेवा दिँदै आएका छन् । गौशाला वितरण केन्द्रका सात स्थानीय तह सेवा क्षेत्र हुन् ।

    पछिल्ला केही वर्षयता विद्युत् चोरी (चुहावट)का घटना बढेपछि अभियानकै रुपमा अनुगमन बढाइएको कार्यालय प्रमुख झाले बताए । 

    यस अभियानमा विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार