images
images

अरुण चौधरीको प्रकाउले व्यवसायीहरूलाई थप निरुत्साहित बनायो : महासङ्घ

अरुण चौधरीको प्रकाउले व्यवसायीहरूलाई थप निरुत्साहित बनायो : महासङ्घ

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • अरुण चौधरीको प्रकाउले व्यवसायीहरूलाई थप निरुत्साहित बनायो : महासङ्घ

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको घटनाले व्यवसायीहरूलाई निरुत्साहित बनाएको बताएको छ ।

    images
    images

    मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको हो । 

    सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएकोसमेत महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    “पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ,” महासङ्घको विज्ञप्तिमा भनिएको छ ।  

    महासङ्घले सो विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउनसमे सरकारलाई आग्रह गरेको छ । 

    साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने भन्दै महासङ्घले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार