images
images

सरकारी जग्गा घोटाला प्रकरण : अरुण चौधरी र अजित नारायण सिंह थापा अस्पतालमा भर्ना

सरकारी जग्गा घोटाला प्रकरण : अरुण चौधरी र अजित नारायण सिंह थापा अस्पतालमा भर्ना

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • सरकारी जग्गा घोटाला प्रकरण : अरुण चौधरी र अजित नारायण सिंह थापा अस्पतालमा भर्ना

    काठमाडौँ / सरकारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका ब्यवसायी अरुण चौधरी र अजित नारायण सिंह थापालाई चिरायु अस्पतालमा भर्ना गरिएको छ । 

    images
    images

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नियन्त्रणमा रहेका चौधरीको मुटुमा समस्या देखिएपछि  महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको ब्युरोका एक अधिकृतले बताए । 

    त्यस्तै, पक्राउ परेकामध्ये ८२ वर्षका थापाको पनि मुटुमा समस्या छ । सोही प्रकरणमा अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ परेका छन् । उनलाई भोलि (शुक्रबार) अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी छ ।

     जिल्ला अदालत, काठमाडौँले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    अरुण चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप लागेको छ ।

    उनी चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् । अजितनारायण सिंह थापा बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष हुन् । 

    सिआइबीको टोलीले व्यवसायी चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेको थियो ।

    सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।उनीहरूलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार