images
images

सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट

सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट

    दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ ।  स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले बुधबार जनाएको छ ।  

    images
    images

    सन् २०२३ मा सामसुङको परिचालन मुनाफा ८४.९प्रतिशतले घटेर ६.५७ ट्रिलियन   पुगेको छ । पछिल्लो समयमा  विश्वव्यापी वित्तीय सङ्कटले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ ।

    राजस्व १४.३ प्रतिशतले घटेर २५८.९४ ट्रिलियन ओन तथा शुद्ध आय ७२.२ प्रतिशतले घटेर १५.४९ ट्रिलियन ओन पुगेको छ । अक्टोबर–डिसेम्बरको तीन महिनामा मात्रै परिचालन मुनाफा ३४.४ प्रतिशतले घटेर २.८२ ट्रिलियन ओन पुगेको छ ।

    चौथो त्रैमासिकमा राजस्व ३.८ प्रतिशतले घटेर ६७.७८ ट्रिलियन ओन र शुद्ध आय ७३.४  प्रतिशतले घटेर ६.३४ ट्रिलियन ओन पुगेको छ । सामसुङको चिप बनाउने व्यवसायले चौथो क्वाटरमा २१.६९ ट्रिलियन ओनको राजस्वमा परिचालन घाटा २.१८ ट्रिलियन ओन रेकर्ड गरेको छ ।

    चौथो क्वाटरको मेमोरी चिप्स व्यवसायले अघिल्लो त्रौमसिकको तुलनामा मोबाइल उपकरण र चिप्सको बलियो मागसँगै उत्पादन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० मा विस्तारित लगानीका कारण सर्भरको मागमा सुधार देखाएको कम्पनीले जनाएको छ ।

    एलएसआईले चौथो त्रैमासिकमा आविस्कारसम्बन्धी आम्दानीमा सुधार  देखाएको छ । तर विश्वव्यापी आर्थिक सुधारमा ढिलाइका कारण धातुजन्य समानको आम्दानीमा गिरावट आएको छ । सामसुङको डिस्प्ले प्यानल युनिटले अक्टोबर–डिसेम्बरमा ९.६६ ट्रिलियन ओनको राजस्वमा २.०१ ट्रिलियन ओनको परिचालन मुनाफा भएको बताएको छ । 

    मोबाइल डिस्प्ले व्यवसायले अघिल्लो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा राम्रो प्रदर्शन देखाएको छ । स्मार्ट फोनको माग अलि बढी थियो, ठूलो प्यानल व्यवसायले वर्षको अन्त्यसम्ममा मौसमी टिभीको मागका कारण घाटामा केही कम भएको छ ।

    सामसुङको मोबाइल र नेटवर्क डिभिजनले २५.०४ ट्रिलियन ओनको राजस्वमा २.७३ ट्रिलियन ओनको परिचालन मुनाफा दर्ता गरेको छ । कम्पनीले ग्यालेक्सी एस २४ श्रृङ्खलामा ग्यालेक्सी एआईलाई एकीकृत गरेर एआई स्मार्टफोन बजारको नेतृत्व गर्ने लक्ष्य राखेको बताएको छ ।

    सामसुङको टिभी र डिजिटल उपकरण युनिटले त्रैमासिकमा १४.२६ ट्रिलियन ओनको राजस्वमा ५० बिलियन ओनको परिचालन घाटा दर्ता गरेको छ । प्रमुख बजारहरूमा उपभोक्ताको भावना बिग्रिएको कारण समग्र टिभीको माग वार्षिक आधारमा कमजोर भएको छ ।  तीव्र प्रतिस्पर्धाको बीचमा लागत बढेको  सामसुङले उल्लेख गरेको छ ।

     सन् २०२३ मा सामसुङको कूल पूँजीगत खर्च ५३.१ ट्रिलियन ओन थियो जसमा ४८.४ ट्रिलियन ओन सेमिकन्डक्टर युनिटमा  २.४ ट्रिलियन ओन डिस्प्ले प्यानल डिभिजनमा खर्च गरिएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार