images
images

एनआरएनएले प्रदेश सरकारसँग मिलेर काम गर्ने, सुदुरपश्चिम सरकारसँग गर्यो लगानी सम्भावनाबारे छलफल

एनआरएनएले प्रदेश सरकारसँग मिलेर काम गर्ने, सुदुरपश्चिम सरकारसँग गर्यो लगानी सम्भावनाबारे छलफल

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • एनआरएनएले प्रदेश सरकारसँग मिलेर काम गर्ने, सुदुरपश्चिम सरकारसँग गर्यो लगानी सम्भावनाबारे छलफल

    काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी सम्भावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता  भएको हो ।

    images
    images

    मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ट गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गरे । उनले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसँग मिलेर काम गर्ने नीति लिएको जानकारी दिए । उनले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि संघले काम अघि बढाएको बताए। छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो । 

    कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना राई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार