images
images

कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

    मोरङ / कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ। मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क उपचार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

    images
    images

    स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अ‍ौपचारिक रूपमा बालबालिकाको निःशुल्क उपचार सेवा को आज शुभारम्भ गरे । 

    यो सेवा  प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन्। निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिमको औषधि प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको सचिव डा देवकोटाले बताए । 

    झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरु गरेको उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार