images
images

कारोबारको चौथो दिन बढ्यो सुनचाँदीको मूल्य, अब एक तोला सुनलाई कति ?

कारोबारको चौथो दिन बढ्यो सुनचाँदीको मूल्य, अब एक तोला सुनलाई कति ?

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • कारोबारको चौथो दिन बढ्यो सुनचाँदीको मूल्य, अब एक तोला सुनलाई कति ?

    काठमाडौँ / नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर भएको चौथो दिन बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो । त्यस्तै, चाँदी पनि आज प्रतितोला पाँच रुपैयाँले महँगिएको छ ।

    images
    images

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ रहेकोमा आज बढेर १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँबाट बढेर १ लाख १७ हजार ७ सय ५० रुपैयाँ पुगेको छ । 

    यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँबाट बढेर १ हजार ४ सय ५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार