images
images

दाङको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको आफ्नो २३ औं बार्षिकोत्सव सम्पन्न

दाङको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको आफ्नो २३ औं बार्षिकोत्सव सम्पन्न

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • दाङको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको आफ्नो २३ औं बार्षिकोत्सव सम्पन्न

    दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो २३ औं बार्षिकोत्सव समारोह मनाएको छ ।
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलीयाको सभापतित्व एंव घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख अतिथि थिए ।  त्यस्तै, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन दाङका सचिव आदिम केसीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

    images
    images

     बार्षिकोत्सवको अवसर पारेर विद्यालयले मोस्ट हाइजेनिक विद्यार्थीको बिधामा यूकेजीका छात्र अमिश खनाल, अनुशासित विद्यार्थीको विधामा कक्षा १० की छात्रा बन्दना पोख्रेल, वेस्ट इङलिश प्रमोटर विद्यार्थीको बिधामा कक्षा ५ कि छात्रा प्र्रमिशा टिटुङ, मोस्ट रेगुलर विद्यार्थी बिधामा कक्षा ६ का छात्र युगेश पौडेल र स्टुडेन्ट अफ द इअर विधामा कक्षा ७ कि छात्रा अविना पाण्डेयलाई सम्मान अनि पुरस्कृत गरिएको छ । त्यस्तै विद्यालयले बर्ष उत्कृष्ट अभिभावको विधाबाट अभिभावक तारा पौडेल, मोस्ट रेगुलर शिक्षकको बिधाबाट एकराज डाँगी र कर्मचारी जुगरी चौधरीलाई सम्मान अनि पुरस्कृत गरेको छ ।

     यसैगरी तहगत सर्वोत्कृष्ट हुने विधामा पूर्व प्राथमिक तहबाट यूकेजी कक्षाका आदर्शिखा आचार्य, कक्षा १–४ बाट कक्षा २ का छात्र समर्थ पाण्डेय, कक्षा ५–७ बाट कक्षा ७ का छात्र प्रिन्स पोखे्रल बि, कक्षा ८,९ र १० बाट  सर्वोत्कृष्ट अंक ल्याउने कक्षा ९ कि छात्र नीति शर्मा र  एस.ई.ई. व्याच टपर छात्र मनोज पोखे्रललाई पुरस्कार अनि सम्मान गरिएको छ ।

     त्यस्तै, बार्षिकोत्सवका अवसरमा आयोजित बिभिन्न खेलकुद प्रतियोगितका उत्कृष्ट खेलाडी र समूहलाई शिल्ड र प्रमाणपत्रले सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।

           बार्षिकोत्सवका अवसरमा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई खादा,माला र टीकाले सम्मान गरेकोे छ । त्यस्तै, २३ औं वार्षिकोत्सव समारोहका अवसरमा आयोजित विभिन्न खेलहरुमा उत्कृष्टता हाँसील गर्नेे विद्यार्थी, माघ ६ गते सम्पन्न दाङ जिल्ला स्तरीय प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थी रं वार्षिकोतसव कार्यक्रमका अवसरमा शिक्षकहरुका लागि आयोजीत भलिवल प्रतियोगिता र कुर्सी दौडमा प्रथम हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

     कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहागरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले पछिल्ला बर्षमा ज्योतिपुञ्जले गरेको प्रगति देख्दा स्कुल पुर्नजन्म पाएको भन्दै ज्योतिपुञ्जको शैक्षिक अभियानले शिक्षा क्षेत्रको बिकासमा योगदान पू¥याएको बताए ।

    अभिभावक, विद्यालय र विद्यार्थीको समन्वयमा थालिएको शैक्षिक अभियान नै सफल हुने भन्दै उहाँले अव विद्यार्थीहरुलाई शिक्षासँगै सस्कार र कुलतमा लाग्नबाट जोगाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रमका बिशिष्ट अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन दाङका सचिव आदिम केसीले निजी विद्यालयले राज्यका सवै नीति नियम मान्दै शिक्षा क्षेत्र महत्वपूर्ण योगदान पू¥याएपनि राज्यले निजी विद्यालयहरुलाई सौतेलो ब्यवहार गरेको बताए ।

     देशको शैक्षिक उपलब्धि र गुणस्तर कायम गर्न निजी विद्यालयको योगदान उत्कृष्ट रहेपनि यसलाई राज्यले बुझ्न नसकेको गुनासो गरे । 

     विद्यालय ब्यवस्थपन समितिका सदस्य नारायणप्रसाद शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले विद्यालयको प्रगति बिवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रालिका अध्यक्ष हेमराज शर्माले संस्थाको आगामी दिनको योजनाबारे प्रकाश  पारेका थिए ।

     कार्यक्रममा विद्यार्थीहरु बन्दना पोख्रेल, साजस्वी ढकाल, मनोज आचार्य, सम्मानित अभिभावक तारा पौडेल, पत्रकार गोविन्द खड्का लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर तुल्सीप्रसाद शर्माले  गरे ।

     कार्यक्रममा विद्यार्थीहरुले योग प्रर्दशन, “लत छाडौं जीवन सुन्दर छ”सचेतामूलक नाटक, तेक्वान्दो प्रदर्शनी, बिभिन्न भाषाका गीत तथा नृत्य र शिक्षकहरुको समूहगत नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले तयार गरेका विज्ञान र कला प्रर्दशनी गरिएको थियो । प्रर्दशनीमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । बार्षिकोत्सव समारोहमा अभिभाकहरुको निकै बाक्लो उपस्थिति रहेको थियो ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार