images
images

एनआरएनएद्वारा लुम्बिनी प्रदेशमा  मोबाइल ब्लड बस हस्तान्तरण

एनआरएनएद्वारा लुम्बिनी प्रदेशमा  मोबाइल ब्लड बस हस्तान्तरण

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • एनआरएनएद्वारा लुम्बिनी प्रदेशमा  मोबाइल ब्लड बस हस्तान्तरण

    लुम्बिनी / गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहका बीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिन राई मार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनालाई  बस हस्तान्तरण गरेका हुन् । 

    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष डा। केसीले ५० लाख भन्दा बढी नेपालीहरु विभिन्न बाध्यताले विदेशीन परेको  बताए । 


    उनले विदेशबाट दैनिक जस्तो १० देखि १२ जनाको शव नेपाल आउने गरेको प्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघले विदेशमा रहेका श्रमिकहरुको हितमा काम गर्दै आएको बताए । 

    उनले संघले विगत दुई दशकमा १ खर्बको लगानी र १ अर्ब बराबारको परोपकारी काम गरेको जानकारी दिए । 

    कार्यक्रममा नेपालगञ्ज  उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कलरुद्दिन राईले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेको प्रति खुसी व्यक्त गरे । 

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रमण कुमार पोखरेल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रसिंह ऐर लगायत स्थानीय सरकारी अधिकारीहरुको उपस्थिति थियो । त्यस्तै, गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिम्खडा,  ओशिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकाहरु टिबी कार्की, भैरव ढकाल, भवानी ओली विधान संशोधन समितिका संयोजक, सन्तोष भट्टराई पूर्व युरोप क्षेत्रीय संयोजक र सत्यनारायण झा एनआरएनए माल्टा उपाध्यक्ष, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र, तिर्थ भट्टराई लगायतको विशेष उपस्थिति थियो ।

     सातै प्रदेशमा मोबाईल ब्लड बस सेवा संचालन गर्ने नीति अनुरुप गैरआवासीय नेपाली संघले यसअघि कोशी प्रदेश, मधेश प्रदेश, बागमती र शुदुरपश्चिम प्रदेश लगायतमा  मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार