images
images

प्रहरी नै अभियुक्त : थुनुवा भगाउन करोडबाट डिल, ६ लाख रुपैयाँ बुझेर भगाए

प्रहरी नै अभियुक्त : थुनुवा भगाउन करोडबाट डिल, ६ लाख रुपैयाँ बुझेर भगाए

शनिवार, माघ १३ २०८०
शनिवार, माघ १३ २०८०
  • प्रहरी नै अभियुक्त  : थुनुवा भगाउन करोडबाट डिल, ६ लाख रुपैयाँ बुझेर भगाए

    काठमाडौँ / लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी रु छ लाख २५ हजार रकम बुझेको पाइएको छ । थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले रु एक करोड मागेका र कुराकानी गर्दा रु १० लाखमा डिल भएको भए पनि रु छ लाख २५ हजार लिएर थुनावालाई भगाएको खुलेको हो ।

    images
    images

    घटना २०६४ साल जेठको हो । नयाँ बानेश्वरबाट पक्राउ भई लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानका क्रममा काठमाडौँ प्रहरीको हिरासत कक्षमा रहेका भारतका असरफ आलमलाई सोही साल जेठ ९ गते राति प्रहरी जवान वीरबल राय यादवले भगाएका थिए । 

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उक्त घटनामा संलग्न रौतहटको पथरावुधराम घर भई काठमाडौँ प्रहरीको हिरासत कक्षमा कार्यरत तत्कालीन प्रहरी जवान वीरबल राय यादव त्यसपछि फरार थिए । 

    उनलाई कार्यालयको विशेष अनुसन्धान टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल–भारत सिमानाको काकडभिट्टाबाट पक्राउ गरी काठमाडौँ ल्याएर अनुसन्धान थालिएको छ । 

    अनुसन्धानका क्रममा ती प्रहरीले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखतसमेत गरी इन्सपेक्टर सापले बोलाउनुभएको छ भनी थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको र त्यसपछि आफू फरार भएका रेग्मीले बताए । 

    उननले प्रतिवादीलाई हिरासतबाट निकाली कालिमाटी-कलङ्की-बुटवल हुँदै भारतको रक्सौल पुर्याएका थिए । प्राप्त रकमले भारतको कोलकातामा दुईवटा ट्याक्सी खरिद गरी चलाउँदै आएकामा अहिले उनीसँग नौवटा ट्याक्सी रहेको खुलेको छ ।

    उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्ससमेत बनाएको भन्ने खुल्न आएको जनाइएको छ । उनी हाल भारतको कोलकातामा श्रीमतीसहित बसोबास गर्दै आएको पनि खुलेको छ ।

    उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । परिसरले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार