images
images

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा कांग्रेसका सिटौला र एमालेकी कोइराला निर्वाचित

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा कांग्रेसका सिटौला र एमालेकी कोइराला निर्वाचित

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा कांग्रेसका सिटौला र एमालेकी कोइराला निर्वाचित

    बिराटनगर / नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौला प्रदेशतर्फ २३८५ र स्थानीय तहतर्फ २९०७ मतभार पाएर निर्वाचित भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भने प्रदेशतर्फ २४९१ मत र स्थानीय तहतर्फ २०७१ मतभार पाए ।

    images
    images

    सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाएका हुन् । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।

    त्यस्तै, कोशी प्रदेशमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् ।

    एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

    प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

    एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार