मकवानपुर / राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान प्रक्रिया सकिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा आज भएको मतदान प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए ।
यहाँ पाँच जनाले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत सञ्जेलले बताए। प्रदेशसभा सदस्य दुई र स्थानीय तहका तीन जनाले मतदान नगरेको उनले बताए ।
स्थानीय तहतर्फ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, काभ्रेको चौँरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ र नुवाकोटका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङले मतदान नगरेका हुन् ।
यसैगरी हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यद्धय शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी पनि मतदानमा अनुपस्थित भइन् । बागमती प्रदेशमा चार सिटका लागि छ दलका १५ जनाको उम्मेदवारी रहेको छ ।