images
images

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी विजयी

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी विजयी

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी विजयी

    धनुषा / राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार आनन्द ढुङ्गाना र जसपाका पूजा चौधरी विजयी भएका हुन् ।

    images
    images

    अन्य कोटातर्फ ढुङ्गानाले ७ हजार ३७० र चौध ७ हजार ९२३ मतभार पाएका थिए । उनले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाएका हुन् ।

    त्यस्तै, एमालेका उम्मेदवारले २ हजार ४८४ मत पाउँदा जनमत उम्मेदवारले १ मत पाएका छन् । एमालेका बिजेता झाले २ हजार ४८४ मतभार पाए । उनलाई प्रदेशसभाका २५ र पालिकाका पदाधिकारीको ६१ मत परेको छ ।

    महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितेकी छन् । उनले प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत पाएकी हुन् । 

    एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार