धनगढी / धनगढीका व्यपारी सन्तोष अग्रवालले आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय अग्रवालले आत्महत्या गरेका हुन् ।
अग्रवालले बुधवार बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएको तत्काल उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदिप चन्दका अनुसार उपचारको क्रममा अग्रवालको मृत्यु भएको हो । अग्रवाल धनगढीमा शृङ्गारसम्बन्धी व्यवसायमा संलग्न थिए ।