images
images

चार दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

चार दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • चार दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

    काठमाडौँ / चार दिनदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको हो । 

    images
    images

    महासंघका अनुसार यो साताको पहिलो कारोबारको दिनदेखि स्थिर रहेको सुनको मूल्य लगातार चौथो दिन पनि स्थिर कायम भएर कारोबारमा आएको हो ।

    लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । यो साताको आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार