images
images

अमेरिकादेखि हङकङसम्म पुग्छ नेपाली अचार, ६ महिनामा ६ अर्ब ७० करोडको निर्यात

अमेरिकादेखि हङकङसम्म पुग्छ नेपाली अचार, ६ महिनामा ६ अर्ब ७० करोडको निर्यात

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • अमेरिकादेखि हङकङसम्म पुग्छ नेपाली अचार, ६ महिनामा ६ अर्ब ७० करोडको निर्यात
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिना  साढे ६ करोड रुपैयाँ भन्दा बढीको नेपाली अचार विभिन्न मूलुकहरूमा निर्यात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेका वैदेशिक व्यापार तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको ६ महिनामा ६ करोड ७० लाख ९५ हजार रुपैयाँको ८५ हजार २६५ किलोग्राम अचार निर्यात गरेको हो । 

    गत वर्षको सोही अवधिको तुलनामा चालस आर्थिक बर्षमा नेपालस् अचारको निर्यात मूल्यमा ३१ प्रतिशतले बढेको छ भने परिमाणमा ९ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले ५ करोड १२ लाख ११ हजार रुपैयाँ बराबरको ९४ हजार ६९३ किलोग्राम अचार निर्यात गरेको थियो । 

    नेपालबाट अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, इटाली, युनाइटेड किंगडम, जापान, कोरिया, क्यानडा, बेल्जियम, जर्मनी, हङकङ, चीन लगायतका देशमा अचार निर्यात हुने गरेको छ ।

    कुन देशमा कति निर्यात ?

    1.JPGस्रोत : भन्सार विभाग 

    गत १ बर्षमा करिब ११ करोडको अचार निर्यात 

    गत आर्थिक बर्ष २०७९/८० को साउनदेखि असारसम्म १० करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको थियो । गत आर्थिक वर्षको १ बर्षमा १ लाख ६० हजार ६७२ किलो अचार निर्यात भएको हो । 

    यस्तै, अघिल्लो आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ बराबरको ५९ हजार ९८३ किलो अचार निर्यात भएको थियो । 

    गत आर्थिक वर्ष सबैभन्दा बढी अमेरिकामा ३ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको ४६ हजार ६७१ किलो अचार निर्यात भएको थियो भने, सबैभन्दा बढी हंगकंग ४ लाख ८६ हजार रुपैयाँ बराबरको ४ सय ८० किलो अचार निर्यात भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार