images
images

विद्युतीय सवारीको आयात बढ्दा डिजेल आयात साढे ३ अर्बले घट्यो

विद्युतीय सवारीको आयात बढ्दा डिजेल आयात साढे ३ अर्बले घट्यो

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • विद्युतीय सवारीको आयात बढ्दा डिजेल आयात साढे ३ अर्बले घट्यो

    काठमाडौँ / विद्युतीय सवारी साधानको आयात बढ्दै गर्दा डिजल आयातमा गिरावट आएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा विद्युतीय सवारी साधनको आयात बढेको छ भने डिजल आयातमा गिरावट आएको छ । 
     
    चालु आर्थिक वर्षको पुस महिनसम्ममा १२ अर्ब ६४ करोड ५ लाख ७३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ । यो गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा साढे २ गुणाले बढि हो । 

    चालु आर्थिक वर्षको पुस महिनासम्ममा १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको ५ हजार ९४ वटा इलेक्ट्रीक कार, जीप र भ्यान आयात भएको हो । गत आर्थिक वर्षको पुससम्ममा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार मूल्य बराबरको १ हजार ७४९ वटा मात्र विद्युतीय गाडी आयात भएको थियो ।
     
    विद्युतीय सवारीको आयातबाट सरकारले चालु आवको ६ महिनाको अवधिमा ५ अर्ब ५४ करोड ३७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व गत आवको सोही अवधिको तुलनामा २४६ प्रतिशतले धेरै हो । गत आवको सो अवधिमा सरकारले १ अर्ब  ३९ करोड ४६ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो । 
     
    भन्सार विभागका अनुसार ६ महिनामा ५० किलोवाट भन्दा मुनीका २ हजार ५६ वटा चारपांग्रे सवारी साधान नेपाल भित्रिएका छन् । यसरी भित्रिनेमा इलेक्ट्रीक कार, जीप र भ्यान रहेको छन् । ती सवारीको मूल्य ३ अर्ब ८३ करोड ५४ लाख १७ हजार रुपैयाँ पर्न आउँछ। जसबाट सरकारले १ अर्ब १४ करोड ८० लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
     
    यस्तै ६ महिनाको अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्ममा ८ अर्ब ४५ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको २ हजार ९७० वटा चारपांग्रे विद्युतीय सवारीको आयात भएको छ ।
     
    जसबाट ४ अर्ब १४ करोड ९२ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै १०१ किलोवाटदेखि २०० सम्मका ६ करोड ५४ लाख ४० हजार रुपैयाँ बराबरको १७ वटा चारपांग्रे विद्युतीय सवारी आयात भएका छन् । उक्त साधन ल्याए बापत सरकारले ४ करोड ६६ लाख ७ हजार रुपैयाँ राजस्व उठाएको छ । 

    यस्तै ६ महिनाको अवधिमा २०१ देखि २०० किलोवाटसम्मका ३४ करोड ९७ लाख १० हजार रुपैयाँ बराबरको ६८ वटा सवारी साधन नेपाद भित्रिएको भन्सारको तथ्यांकले देखाएको छ । जसबाट २४ करोड ६४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
     
    डिजेल आयात साढे ३ अर्ब रुपैयाँले घट्यो  
     
    चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ लाख १८ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ । जसको मूल्य ६६ अर्ब ४९ करोड ११ लाख ३७ हजार रुपैयाँ पर्न आउँछ। 

    यो गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ६१ करोड ४६ लाख २२ हजार रुपैयाँले कम हो । गत आर्थिक वर्ष २०७९/८० मा ७० अर्ब १० करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५० हजार ९०२ किलोलिटर डिजेल आयात भएको थियो ।  
     
    यसैगरी, चालु आर्थिक वर्षमा डिजेल आयातबाट सरकारले २५ अर्ब २८ करोड २३ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने गत आवमा सरकारले डिजेल आयातबाट  २३ अर्ब १४ करोड ४१ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार