images
images

कृषिजन्य वस्तुको आयात २३ अर्बले घट्यो

कृषिजन्य वस्तुको आयात २३ अर्बले घट्यो

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • कृषिजन्य वस्तुको आयात २३ अर्बले घट्यो

    काठमाडौँ / स्वदेशमै उत्पादन हुन सक्ने कृषिजन्य वस्तुमा मुलुकमा परनिर्भरता बढिरहेसंगै चालु आर्थिक बर्षको ६ महिनामा कृषिजन्य वस्तुको आयातमा पनि कमी आएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले विभिन्न देशबाट चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा अर्थात साउनदेखि पुष मसान्तसम्ममा १ खर्ब ३० अर्ब १८ करोड ६८ लाख ५८ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरको छ । 

    यो गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा २३ अर्ब ३ करोड १८ लाख ४८ हजार रुपैयाँले कम हो । गत आर्थिक बर्षको ६ महिनाको अवधीमा नेपालले विभिन्न मुलुकबाट १ खर्ब ५३ अर्ब २१ करोड ८७ लाख ६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरको थियो । 

    विभागको तथ्याङ्क अनुसार ६ महिनामा धान, चामल, गहुँ, घिउ, तेल, चिनीलगायत खाद्य वस्तुको आयात घटेको छ भने चिया, कफी, आँटा फलफूल तथा नटलगायत वस्तुको आयात भने केही बढेको देखिन्छ । 

    चालू आवको ६ महिनामा २५ अर्ब ३४ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको घिउ, तेल आयात भएको छ । यो गत आर्थिक बर्षको तुलनामा २६ अर्ब ७६ करोड २९ हजार रुपैयाँले घटेको हो । अघिल्लो आवको ६ महिनामा ५२ अर्ब १० करोड ९२ लाख १ हजार रुपैयाँ बराबरको घिउ, तेल आयात भएको थियो । 

    चालु आर्थिक बर्षको ६ महिनाको तथ्याङ्क हेर्ने हो भने मुख्य खाद्य वस्तुको आयात भने घटेको छ । अघिल्लो आर्थिक बर्षमा २७ अर्ब ९१ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको मुख्य खाद्य वस्तु अर्थात चामल, मकै र गहुँ आयात भएकोमा चालु आर्थिक बर्षमा २२ अर्ब २२ करोड ९४ लाख ९२ हजार रुपैयाँको मात्र आयात भएको तथ्याङ्क छ । यसरी विभागको तथ्याङ्क हेर्ने हो भने मुख्य खाद्य बालीको आयात ५ अर्ब ६८ करोड ८७ लाख ३२ हजार रुपैयाँले कम भएको छ । 

    यस्तै, आर्थिक बर्षको ६ महिनामा १ अर्ब ९३ करोड २३ लाख ८७ हजार रुपैयाँ बराबरको मात्रै चिनी अयात भएको छ । यो गत आर्थिक बर्षको तुलनामा ३७ करोड ९५ लाख ९५ हजार रुपैयाँले कम हो । गत आवको पहिलो ६ महिनामा २ अर्ब ३१ करोड १९ लाख ८२ हजार रुपैयाँको चिनी आयात भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार