images
images

६ महिनामा १२ अर्ब ७३ करोडको विद्युतीय सवारी आयात, कुन क्षमताका कति ?

६ महिनामा १२ अर्ब ७३ करोडको विद्युतीय सवारी आयात, कुन क्षमताका कति ?

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • images
    images
    ६ महिनामा १२ अर्ब ७३ करोडको विद्युतीय सवारी आयात, कुन क्षमताका कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा साढे १२ अर्ब रूपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको छ।  

    images
    images

    भन्सार विभागले आइतबार सार्वजनिक गरेको वेदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आथिएक बर्षको ६ महिनामा अर्थात साउनदेखि पुष मसान्तसम्ममा विद्युतीय गाडीको आयात उल्लेख्य बढेको देखिएको हो । 

    सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै न्यून भन्सार शूल्क लगाएपछि विद्युतीय गाडीको आयात बढ्न थालेको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार ६ महिनाको अवधिमा १२ अर्ब ७३ करोड रुपैयाँ बराबरको ५ हजार १ सय ७ वटा विद्युतीय सवारी आयात भएका छन्। 

    यसमध्ये १० प्रतिशत मात्रै भन्सार शूल्क रहेका ५० किलोवाटसम्मका गाडी दुई हजार ५६ वटा आयात भएको हो। यसैगरी २९ सय ७० वटा ५१ किलोवाट क्षमतादेखि १०० किलोवाट क्षमताका विद्युती सवारी आयात भएको छ। 

    यो गाडीको चालु वर्षमा भन्सार महशुल बढाइएको थियो। यस्तो गाडीमा १५ प्रतिशत भन्सार महशुल र १० प्रतिशत अन्तशुल्क लगाइएको छ। १०१ देखि २०० किलोवाट क्षमताका ६८ वटा गाडीको आयात भएको छ। यस्तो गाडीमा २० प्रतिशत भन्सार महशुल र २० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ। 

    त्यस्तै २०० किलोवाटभन्दा माथिका गाडी पनि १३ वटा आयात भएका छन्। यस्ता गाडीमा ४० देखि ६० प्रतिशतसम्म भन्सार र ३५ देखि ६० प्रतिशतसम्म अन्तशुल्क लाग्ने गरेको छ।   चालु वर्षको ६ महिनामा विद्युतीय गाडी आयातबाट मात्रै पाँच अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ।

    पछिल्लो समयमा इभीको आयात सरकारले सोचेभन्दा धेरै भइरहेको छ । तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पुष महिनामा मात्रै १ हजार ४२१ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । 

    विभागको अनुसार सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट आयात भएको छ । ६ महिनामा चीनबाट मात्रै ३ हजार १२१ युनिट विद्युतीय गाडी नेपाल भित्रिएको हो । चीनबाट बीवाईडी, एमजी, सेरेस, ग्रेटवाल, नेटा भी जस्ता धेरै ब्रान्डका गाडी नेपाल भित्रिने गरेका छन् ।

    यस्तै, भारतबाट १ हजार ९२२ युनिट विद्युतीय गाडी आयात भएको छ भने कोरिबाट ३९ युनिट, जर्मनीबाट ५ युनिट, इन्डोनेसियाबाछ १७ युनिट र अमेरिकाबाट ३ युनिट विद्युतीय गाडी आयात भएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार