images
images

नबिल बैङ्कको नाफा ३ अर्बभन्दा बढी, ब्याज र सञ्चालन आम्दानी बढ्दा पनि किन घट्यो नाफा ?

नबिल बैङ्कको नाफा ३ अर्बभन्दा बढी, ब्याज र सञ्चालन आम्दानी बढ्दा पनि किन घट्यो नाफा ?

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • नबिल बैङ्कको नाफा ३ अर्बभन्दा बढी, ब्याज र सञ्चालन आम्दानी बढ्दा पनि किन घट्यो नाफा ?

    काठमाडौँ / नबिल बैङ्क लिमिटेडले चालू आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्म ३ अर्ब रुपैयाँ नाफा कमाएको छ । बैङ्कले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैङ्कले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । 

    images
    images

    बैङ्कले कमाएको उक्त नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा भने ६.२८ प्रतिशत अर्थात २१ करोड ४६ लाख १९ हजार रुपैयाँ कम हो । गत आर्थिक वर्षको समीक्षा अवधिमा भने बैङ्कले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

    पुस मसान्तसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख ७६ हजार  रुपैयाँ रहेको देखिन्छ भने प्रतिशतसेयर आम्दानी ६.२५ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तसम्म २५ रुपैयाँ २६ पैसा रहेको बैङ्कको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा घटेर २३ रुपैयाँ ६८ पैसामा झरेको हो । 

    बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बृद्धि भए पनि इम्पेरिमेन्ट चार्जमा बृद्धि भएसँगै नाफा प्रभावित भएको देखिन्छ । नाफामा गिरावटसँगै बैङ्कको प्रतिसेयर आम्दानीमा पनि दबाव पुगेको हो । 

    पुस मसान्तसम्म बैङ्कको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत र कुल सञ्चालन आम्दानी  ५.७५ प्रतिशतले बढेको छ । 

    गत आवको पुस मसान्तसम्म बैङ्कको खुद ब्याज आम्दानी ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन १ अर्ब २८ करोड २७ लाख ६७ हजार रुपैयाँबाट बढेर एक अर्ब ४८ करोड ४३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । 

    यसैगरी कुल सञ्चालन आम्दानी ९ अर्ब ५१ लाख ६३ लाख १६ हजार रुपैयाँबाट  बृद्धि भई १० अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । बैङ्कले खराब कर्जा घटाए पनि इम्पेरिमेन्ट चार्ज भने बृद्धि गरी १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ पुर्याएको छ । बैङ्कले समीक्षा अवधिमा खराब कर्जा भने १७.८१ प्रतिशतले घटेको हो । 
    गत आवको पुस मसान्तमा १.४६ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा घटाएर १.२ प्रतिशतमा झारेको हो । 

    यता, यस अवधिमा बैङ्कको सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ यस्तो नाफा गरेको नबिल बैङ्कले समीक्षा अवधिमा भने ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको छ । 

    समीक्षा अवधिमा बैङ्कको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख ७८ रुपैयाँ सञ्चित गरेको छ । 

    समीक्षा अवधिमा नबिल बैङ्कले ४ खर्ब २८ अर्ब ८३ करोड ५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.१८३ गुणा, प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा, बेस रेट ९.०७ र कस्ट अफ फण्ड ७.२५ प्रतिशत र सिडी रेसियो ८४.९५ रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार