images
images

धादिङबाट चितवन झरेका दीपबहादुर लाखौं रुपैयाँ कमाउँछन् तरकारी खेतीबाट

धादिङबाट चितवन झरेका दीपबहादुर लाखौं रुपैयाँ कमाउँछन् तरकारी खेतीबाट

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • धादिङबाट चितवन झरेका दीपबहादुर लाखौं रुपैयाँ कमाउँछन् तरकारी खेतीबाट

    विसं २०३६ सालमा धादिङबाट चितवन झरेको थियो दीपबहादुर मगरको परिवार । यहाँ आएर धान र मकैखेती गर्दथे । 

    images
    images

    परम्परागत खेतीबाट वर्षभरि खान र जसोतसो घरखर्च मात्र चल्ने गर्दथ्यो । 
    दीपबहादुरको जिन्दगीको पचास वसन्त पार भइसकेको छ । तरपनि रत्ननगर–११ जिरौना बस्ने दीपबहादुर थापामगरलाई तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्नेमा ध्यान गएको थिएन । 

    आफ्नो ऊर्जाशील समय परम्परागत शैलीमा खेती गर्दै जीवन निर्वाह गरेका मगरले आम्दानी गर्नका लागि धेरै काम गरे पनि यसअघि सन्तुष्टी नमिलिरहेको थियो । 


    “छोराछोरी बढ्दै जान थालेपछि खर्च पनि बढ्न थाल्यो । परम्परागत खेतीबाट जीविकोपार्जन गर्न नसकिने लागेपछि घर वरपरका मानिसले व्यावसायिक तरकारीखेती गरेको देखेर आफू पनि यसप्रति आकर्षित भएको  उनी बताउँछन् । 

    अरुको देखेर तरकारी खेतीमा होमिएका थिएः 

    विगत पाँच वर्षयता मगरले दुई बिघा क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । आफ्नो १० कठ्ठा र भाडाको डेढ बिघा जमिनमा उनले तरकारीखेती गरेका हुन् ।  उनले भने, “दुई बिघा क्षेत्रफलमा टमाटर सिमी, काँक्रो, करेला र लौकाको खेती गर्दै आएको छु । 

    गाउँका अरु दाजुभाइ र तराईका जिल्लाबाट पनि यहाँ आएर भाडामा तरकारीखेती गरेको देखेर मैले पनि सुरु गरेको हो ।” 

    व्यावसायिकरूपमा तरकारीखेती गर्नका लागि कुनै तालिम नलिएको मगरको भनाइ छ । “भाटा बाँध्न, जाल बुन्न, डोरी बाँध्न, सिँचाइ गर्न, दबाई हाल्न, ड्याङ बनाउन अरुको हेरेर मैलै सिकेको हो । मैलै कुनै तालिम लिएको छैन आफैँले हेरेर सिकेको हो”, उनले भने । 

    भाडाको जग्गा, १७ लाख रुपैयाँसम्म आम्दानीः

    भाडाको जग्गामा उनले वार्षिक प्रतिकठ्ठा रू चारु हजार तिर्छन् । पाँच वर्षको अवधिमा उनले कुनै समय निकै राम्रो आम्दानी गरे भने कुनै समय बराबरमा चित्त बुझाउनुपरेको बताए ।  उनले थपे, “परार सालमा राम्रो भाथ्यो लगभग डेढ बिघामा लगाएको तरकारीले रू१७ लाख आम्दानी भएको थियो ।”  

    यस वर्ष मगरले सिमी र टमाटरमा रू छ लाख लगानी गरेको बताए । भनेजस्तो भाउ पाएमा रू छ लाखको लगानीबाट रू १५ लाख भन्दा बढी आम्दानी गर्न सकिने उनले जानकारी दिए । भाउमा एकरुपता नुहँदा आम्दानी निश्चित नुहने उनले गुनासो गरे । 

    “तरकारीको भाउ निश्चित हुँदैन, दर घट्ने बढ्ने भइरहन्छ । कहिले ह्वात्तै घट्छ, कहिले बढ्छ। परार सालमा राम्रो भाउ परेको थियो र त्यही आम्दानीले घर बनाएँ ।”

    तरकारीखेतीको आम्दानीले घर बनाउनेदेखि छोराछोरीको विवाह गर्ने र विदेश पठाउने काम गरेको मगरले बताए । 

    “छोरा र छोरीको बिहे भयो । छोरा, बुहारी र ज्वाइँ विदेशमा छन् । छोरी पनि उतै जाने प्रक्रियामा छन्”, उनले भने, “छोरालाई यही केही गरौँ भनेको मानेन बाहिर गयो । 

    हामी बूढाबूढी यही कुटो–कोदालो गरेर बसेका छौँ ।” तरकारीखेती गरेर सन्तुष्ट भइरहँदा छोराछोरीलाई यही रोक्न नसकेकामा मगरलाई त्यती खुसी मिलेको छैन ।

    पाँच–छ जनालाई रोजगारीः

    उनलाई तरकारीखेती गर्न कामदारको अभाव छैन । नियमितजस्तै पाँच–छ जनालाई उनले रोजगारी दिएका छन् ।

    निकै मेहनत गरेर उब्जाएको तरकारी बिक्री गर्ने बेलामा भाउ घट्दा मन खिन्न हुने मगरको भनाइ थियो । उनले भने, “राम्रो उत्पादन हुन्छ, दुःख गरेर उब्जाएको तरकारीको मूल्य नपाएर फाल्नुपर्दा साह्रै नमज्जा लाग्छ ।” 

    एक बिघा क्षेत्रफलमा टमाटरखेती गर्दा रू आठ लाखजति लगानी हुने र खर्च कटाएर रू १० लाखभन्दा बढी आम्दानी गर्न सकिने कृषक मगरले जानकारी दिए । क्रेटको रू पाँच सयमात्रै भाउ भएमा टमाटरमा घाटा नपर्ने उनको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार