images
images

पाथीभरामा एक महिनामा ३५ लाख भेटी रकम सङ्कलन, कुल भेटी रकम आठ करोड ७० पुग्यो

पाथीभरामा एक महिनामा ३५ लाख भेटी रकम सङ्कलन, कुल भेटी रकम आठ करोड ७० पुग्यो

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • पाथीभरामा एक महिनामा ३५ लाख भेटी रकम सङ्कलन, कुल भेटी रकम आठ करोड ७० पुग्यो

    फुङ्लिङ / ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ ।

    images
    images

    पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाख रुपैयाँभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । 

    उनका अनुसार पुसमा मात्र कूल ३५ लाख २९ हजार रुपैयाँ भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ । 

    सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार