images
images

पुस महिनामा बिदेशिए ६५ हजार नेपाली !

पुस महिनामा बिदेशिए ६५ हजार नेपाली !

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • पुस महिनामा बिदेशिए ६५ हजार नेपाली !

    काठमाडौँ / वैदेशिक रोजगारीका लागि पुस महिनामा करिब ६५ हजार युवा विभिन्न मुलुक गएका छन् । देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा कामका लागि विदेश जाने युवाको संख्या यति धेरै भएको हो ।

    images
    images

    वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा मात्रै ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएर विदेशएका हुन् । जसमा ५९ हजार ७२९ जना पुरूष रेका छन् भने ६ हजार ८४ जना महिला रहेका छन् । 

    विभनगको अनुसार ३४ हजार ४१५ जनाले श्रम स्वीकृति मात्रै लिएका छन् । जसमा ३० हजार ३१७ जना पुरूष र ४ हजार ९८ जना महिला रहेका छन् । 

    गत आर्थिक वर्ष २०७९/८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए । त्यसरी जानेमा सबैभन्दा बढी यूएई पुगेका छन् । यूएइका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १३ हजार ८६० पुरूष र २ हजार ५२५ जना महिला रहेका छन् । त्यसपछि साउदी अरेबिया पुगेका छन् ।

    जहाका लागि १४ हजार ३०७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार २१५ जना पुरूष छन् भने ९२ जना मात्रै महिला छन् । त्यस्तै कतारमा १४ हजार १८ जना गएका छन् । 

    जसमा १३ हजार १३५ पुरूष र ८८३ महिला रहेका छन् । त्यस्तै मलेसिया ८ हजार ९१, कुवेत ३ हजार ५१८, कोरिया १ हजार ४२५, जापान १ हजार १९९ जना गएको विभागको तथ्यांकले देखाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार