images
images

वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि भारत पछिपछि, अन्य कुन देशबाट कति ?

वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि भारत पछिपछि, अन्य कुन देशबाट कति ?

आर्थिक वर्ष २०७९/८० सम्ममा विश्वका विभिन्न ९६ वटा मुलुकबाट ४ खर्ब ४९ अर्ब ९६ करोड ८९ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता जनाइएको हो ।

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि भारत पछिपछि, अन्य कुन देशबाट कति ?

    काठमाडौँ / नेपालमा विश्वका विभिन्न ९६ वटा मुलुकका लगानीकर्ताहरुले साढे ४ खर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् । 

    images
    images

    उद्योग विभागले सार्वजनिक गरेका तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्ममा विश्वका विभिन्न ९६ वटा मुलुकबाट ४ खर्ब ४९ अर्ब ९६ करोड ८९ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता जनाइएको हो । 

    विदेशी लगानीकर्ताहरुले नेपालमा हालसम्ममा ५ हजार ८५९ वटा नयाँ उद्योग दर्ता गरेका छन् । लगानीकर्ताहरुले ६ खर्ब ६६ करोड ६१ लाख रुपैयाँ बराबरको आयोजनामा उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । साढे ४ खर्ब लगानी प्रतिबद्धता जनाइउको उद्योगबाट ३ लाख ९ हजार ८५ जनाले रोजगारी पाउने तथ्याङ्कमा उल्लेख गरिएको छ । 

    लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि भारत पछिपछि ! 

    उद्योग विभागको तथ्याङ्क अनुसार नेपालमा हालसम्म दर्ता गरिएका उद्योग र वैदेशिक लगानी प्रतिबद्धताका हिसाबले चिनियाँहरू अगाडि देखिएका छन्। नेपालमा हालसम्ममा ९६ वटा देशबाट वैदेशिक लगानी प्रतिबद्धता आउँदा सबैभन्दा बढी हिस्सा चीनको छ । 

    चिनियाँ लगानीकर्ताबाट मात्रै गत आ र्थिक बर्षसम्ममा २ खर्ब ९८ लाख ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । चिनियाँ लगानीकर्ताहरूले २ खर्ब ३१ अर्ब ७२ करोड ४३ लाख रुपैयाँको आयोजनामा करिब ३ खर्ब बराबरको प्रतिबद्धता जनाएका हुन् । नेपालमा गत आर्थिक बर्षसम्ममा चिनियाँ लगानीमा २ हजार २१५ वटा उद्योग दर्ता भएका छन् । उक्त लगानी प्रतिबद्धता जनाइएका उद्योगमा १ लाख ३ हजार ८८५ जनाले रोजगारी पाउने तथ्याङ्क छ । 

    चीनपछि नेपालमा अर्को ठूलो लगानी प्रतिबद्धता जनाउने देश छिमेकी राष्ट्र भारत छ । तथ्यांकअनुसार भारतका लगानीकर्ताहरुले हालसम्ममा १ खर्ब ६५ अर्ब ९६ करोड ७६ लाख रुपैयाँको आयोजनामा १ खर्ब १ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । त्यसबाट ७४ हजार ८१३ जानले रोजगारी पाउनेछन् ।

    कुन देशबाट कति ? 

    नेपालमा वैदेशिक लगानी भित्रिने देशमा सबैभन्दा अगाडि चीन र दोस्रोमा भारत रहेको विवरणले देखाउँछ। विभागको विवरण अनुसार भारतपछि हङकङका लगानीकर्ताले ४७ अर्ब १८ करोड २१ लाख रुपैयाँको आयोजनाका लागि २९ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । 

    यस्तै, अमेरिकाबाट ३२ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ लागतको आयोजनामा १६ अर्ब १५ करोड ९ लाख रुपैयाँ, बेलायतले २२ अर्ब ९१ करोड ४५ लाख रुपैयाँको आयोजनामा १४ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ र दक्षिण कोरियाबाट १८ अर्ब ५ करोड १६ लाख रुपैयाँको आयोजनामा १२ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाइएको छ ।

    त्यसैगरी, सिंगापुरबाट २२ अर्ब १७ करोड १९ लाखको आयोजनामा ७ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ, आइसल्यान्डबाट १९ अर्ब ३० करोड ३२ लाख रुपैयाँको आयोजनामा ११ अर्ब ६ करोड ४२ लाख रुपैयाँ, जापानबाट ८ अर्ब १३ करोड १६ लाख रुपैयाँको परियोजनामा ३ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ, म्यानमारबाट १ अर्ब २० करोड रुपैयाँ र क्यानाडाका लगानीकर्ताले ८ अर्ब ३७ करोड ७७ लाख रुपैयाँको परियोजनामा ३ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, स्पेनबाट ७ अर्ब ५ करोड २२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै, स्वीट्जरल्यान्डका लगानीकर्ताले ५ अर्ब ४३ करोड ४३ लाख रुपैयाँको आयोजनामा ३ अर्ब ४ करोड रुपैयाँ, जर्मनीबाट २ अर्ब ९५ करोड २९ लाख रुपैयाँ परियोजनामा १ अर्ब ४६ करोड १७ लाख रुपैयाँ, मरिससबाट ४ अर्ब ११ करोड ८० लाख रुपैयाँको आयोजनामा ३ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ, द नेदरल्यान्डले ३ अर्ब ११ करोड ७३ लाख रुपैयाँको आयोजनामा १ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ र युएईबाट ३ अर्ब ८१ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार