images
images

बिगमार्टको कार उपहार योजना : टाटा टियागो कार जित्ने अवसरदेखि नगद छुटसम्म पाइने

बिगमार्टको कार उपहार योजना : टाटा टियागो कार जित्ने अवसरदेखि नगद छुटसम्म पाइने

शनिवार, पुस २८ २०८०
शनिवार, पुस २८ २०८०
  • बिगमार्टको कार उपहार योजना : टाटा टियागो कार जित्ने अवसरदेखि नगद छुटसम्म पाइने
    images
    images

    काठमाडौँ / बिगमार्टले जाडो मौसमलाई मध्यनजर गर्दै ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ । बिगमार्टले बिगमार्ट कार उपहार उत्सवको अवसरमा माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरूको व्यवस्था गरेको हो ।

    सो उत्सव  अन्तर्गत: बिगमार्टमा किनमेल गर्ने ग्राहकहरूलाई जाडोको समयमा किनमेलको अनुभव अझ विशेष बनाउन कम्पनीले सो योजना ल्याएको जनाएको छ ।  

    जसमा बम्पर पुरस्कार एक जना भाग्यशाली ग्राहकलाई एउटा टाटा टियागो कार एक जना भाग्यशाली ग्राहकलाई एउटा एमाहा रे–जेड स्कुटर, भाग्यशाली पाँच जना ग्राहकहरूलाई ५ वटा स्मार्टफोनहरू, १० भाग्यशाली ग्राहकहरूका लागि जनही पाँच हजार रुपैयाँको किनमेल भौचर उपहार रहेका छन् । 

    यसैगरी, ग्लोवल आईएमई बैङ्क लिमिटेडको क्रडिट कार्डमार्फत बिल भुक्तानी गर्दा  १० प्रतिशत अर्थात ३ सय रुपैयाँसम्म एनसिएचएल नेपाल पेको क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अर्थात १ सय रुपैयाँ र हरेक शनिवार र बुधवार फलफूल तथा तरकारी को खरीदमा स्मार्ट क्यूआरमार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशत अर्थात १५० रुपैयाँसम्म तत्काल छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    प्रत्येक ७५० रुपैयाँ वा सो भन्दा बढिको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ । बिगमार्टसँग यो जाडोमा बिगमार्ट कार उपहार उत्सव मनाउने यो सुनौलो अवसरलाई नबिर्सनुहोस् र अविश्वसनीय पुरस्कारहरू जित्ने मौका प्राप्त गर्नुहोस । 

    सन् २००८ मा स्थापना भएर सन् २००९ देखि  सञ्चालनमा रहेको बिग मार्ट को ८१ वटा स्टोर  सञ्चालनमा रहेका छन् । बिगमार्ट स्टोरले एउटै छानोमुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ । 

    बिगमार्टले  उपभोक्तालाई रोजी रोजी आफूलाई मनपर्ने ब्राण्डको दैनिक उपभोग्य सामग्रीका साथै हरियो तरकारी फलफूल उचित मूल्य तथा सपिङ्ग को विभिन्न  एक्साइटिङ्ग अफर सहित सेवा प्रदान गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार