images
images

मुक्तिनाथ कृषिको ५औं वार्षिक साधारण सभा, सञ्चालकमा पाँच जना निर्वाचित, सीताराम काफ्ले बने अध्यक्ष

मुक्तिनाथ कृषिको ५औं वार्षिक साधारण सभा, सञ्चालकमा पाँच जना निर्वाचित, सीताराम काफ्ले बने अध्यक्ष

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • मुक्तिनाथ कृषिको ५औं वार्षिक साधारण सभा, सञ्चालकमा पाँच जना निर्वाचित, सीताराम काफ्ले बने अध्यक्ष

    काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा यती इभेन्टस् एंड कन्फेरेन्स सेन्टर काठमाडौँमा सम्पन्न भएके हो । 

    images
    images

    संस्थापक र सर्वसाधारण सेयर धनीहरुको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीको अध्यक्ष भरतराज ढकालले आ.ब.२०७९÷२०८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषिकाकम्पनी सचिव रामशरण तिमल्सिनाज्यूले भिजन ८५को रणनीतिक कार्यहरुको बारेमा बताएका थिए । 

    पाँचौ बार्षिक साधारण सभाबाट कम्पनीले नयाँ संचालक समितिको चयन गरेको छ । जस् अन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल संस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित हुनुभयो। साथै, २०८० साल पौष २६ गते बसेको निर्वाचित संचालकहरुको बैठकबाट श्री सीताराम काफ्लेज्यू अध्यक्ष चयन भएका छन् । 

    त्यस्तै,  उक्त बैठकबाट ४ बर्षे कार्यकालका लागी भरतराज ढकालज्यूलाई प्रबन्ध संचालकमा चयन गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार