images
images

पहिलो तीन महिनामा आर्थिक बृद्धिदर ३.२ प्रतिशत, खुम्चियो जिडिपी बृद्धिदर

पहिलो तीन महिनामा आर्थिक बृद्धिदर ३.२ प्रतिशत, खुम्चियो जिडिपी बृद्धिदर

वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा १३.२ प्रतिशतले हुने अनुमान गरिएको छ भने आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • पहिलो तीन महिनामा आर्थिक बृद्धिदर ३.२ प्रतिशत, खुम्चियो जिडिपी बृद्धिदर

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी) मा ३.२ प्रतिशतले  वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो ।

    images
    images

    “आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ”, तथ्याङ्क कार्यालयले भनेको छ ।

    उक्त कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना गर्दा सबैभन्दा बढी १५.८ प्रतिशतले खानी तथा उत्खननको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ ।

    यसैगरी, निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिट्टी तथा ढुङ्गाको उत्खननको मूल्य अभिवृद्धि ११.४ प्रतिशतले बढेको छ । वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा १३.२ प्रतिशतले हुने अनुमान गरिएको छ भने आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । 

    चालु आवको पहिलो त्रैमासिक अवधिमा पर्यटक आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सकारात्मक देखिएको छ । अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर एक दशमलव चार प्रतिशत हुने अनुमान गरिएको छ । धान उत्पादनमा भएको वृद्धिले पनि यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्याङ्क कार्यालयले जनाएको छ । 

    थोक तथा खुद्रा व्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिको भन्दा चालु आवको पहिलो त्रैमासिक अवधिमा १.२ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार