images
images

अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न

अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौँ / अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो।

    images
    images

    साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्दै, लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । अरुण काबेली पावरले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ जिल्लाबिच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजनाक २०७६ आश्विन १६ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत आपुर्ति गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार