images
images

टेलिकमको विन्टर अफर : फोरजी डाटा प्याक थप आकर्षक, सस्तियो भ्याइस सेवा र अनलिमिटेड प्याक पनि

टेलिकमको विन्टर अफर : फोरजी डाटा प्याक थप आकर्षक, सस्तियो भ्याइस सेवा र अनलिमिटेड प्याक पनि

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • टेलिकमको विन्टर अफर : फोरजी डाटा प्याक थप आकर्षक, सस्तियो भ्याइस सेवा र अनलिमिटेड प्याक पनि

    काठमाडौँ / नेपाल टेलिकमले समय समयमा विभिन्न प्रकारका अफरहरू उपलब्ध गराउने क्रममा विन्टर अफर सार्वजनिक गरेको छ । भोलि अर्थात पुस २७ देखि लागु हुने गरी टेलिकमले विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरू उपलब्ध गराउने भएको हो । 

    images
    images

    यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार १ दिनको समयावधिका  लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डाटा प्रयोग गर्न सकिनेछ । 

    त्यसैगरी ७ दिनको समयावधिका लागि लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डाटा पाइनेछ । स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डाटा तथा रु. १३९ मा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

    यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरूसमेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा पाइनेछ । 

    विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार