images
images

समस्यामा परेका उद्योगले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न पाउने

समस्यामा परेका उद्योगले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न पाउने

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • समस्यामा परेका उद्योगले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    काठमाडौँ / समस्यामा परेको उद्योगहरूले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न बताएको हो । 

    images
    images

    अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका उद्योग व्यवसायमा प्रवाहित अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बैङ्कले जनाएको हो । परिस्थितिवश समस्यामा परेका ११ वटा व्यावसायिक तथा ‍औद्यौगिक क्षेत्र समेत केन्द्रीय बैङ्कले छुट्याएको छ ।

    कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेय पदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरू, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडानका क्षेत्र प्राथमिकतामा परेका छन् । 

    यसैगरी यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा बिक्री, पर्यटन, शिक्षा एवम् स्वास्थ्य, निर्माण (सिमेन्ट, डन्डी, इँटा÷ब्लक, पाइप्स् एण्ड फिटिङ्गस लगायतका उद्योगमा प्रवाहित कर्जा समेत क्षेत्रसँग सम्बन्धित कर्जा र अन्य सबै ५ करोडसम्मका कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको केन्द्रीय बैङ्कले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार