images
images

एमालेले टुङ्ग्यायो राष्ट्रियसभामा निर्वाचनका उम्मेदवार

एमालेले टुङ्ग्यायो राष्ट्रियसभामा निर्वाचनका उम्मेदवार

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • एमालेले टुङ्ग्यायो राष्ट्रियसभामा निर्वाचनका उम्मेदवार

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटमा उम्मेदवारको नाम टुङ्ग्याएको छ । साथै उक्त पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

    images
    images

    एमालेले आइतबार जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशबाट सुनसरीकी रुक्मिणी चौधरी र भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाइएको छ। मधेस प्रदेशबाट पर्साकी उषादेवी थरूनी र महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाएको छ । 

    बागमती प्रदेशबाट दोलखाकी रोचकुमारी चौलागाईं, चितवनका त्रिलोचन निर्मल पौडेल, काठमाडौँका विवेक देवकोटा र धादिङका ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
     
    त्यसैगरी, गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालले जनाएको छ ।
     
    सो पार्टीले लुम्बिनी प्रदेशमा दाङकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्रबहादु घर्ती, कर्णाली प्रदेशमा हुम्लाकी विमलाकुमारी शाही, मुगुका डिल्लीप्रसाद भट्ट र दैलेखका हिक्मत विक उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीकी सावित्रादेवी घिमिरे, कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र कैलालीका रामचन्द्र जोशी उम्मेदवार बनाएको एमालेले जनाएको छ ।
     
    राष्ट्रियसभामा आगामी माघ ११ गते हुने निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार