images
images

सिबिफिनको रिक्त पदमा पदाधिकारी सर्वसम्मत, वरिष्ठ उपाध्यक्षमा उपाध्याय र महासचिवमा श्रेष्ठ चयन

सिबिफिनको रिक्त पदमा पदाधिकारी सर्वसम्मत, वरिष्ठ उपाध्यक्षमा उपाध्याय र महासचिवमा श्रेष्ठ चयन

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • सिबिफिनको रिक्त पदमा पदाधिकारी सर्वसम्मत, वरिष्ठ उपाध्यक्षमा उपाध्याय र महासचिवमा श्रेष्ठ चयन

    काठमाडौँ / बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएको छ । 

    images
    images

    चौथो वार्षिक साधारणसभाबाट संशोधित  र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त भएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनयन भएको हो ।

    विधानबमोजिम कार्यसमितिको दुईवर्षे कार्यकाल रहेकोमा एक वर्ष पूरा भइसकेको र एक वर्ष बाँकी रहेको अवस्थामा अधिकांश पदाधिकारी पदहरू रिक्त भएको र यसबाट संस्थागत कामकारबाहीमा कुनै किसिमको बाधा अड्चन हुन नपाओस् भन्ने विषयलाई गम्भीरताका साथ लिँदै कार्यसमिति बैठकले पदाधिकारी मनोनित गरेको हो ।

    कार्यसमितिको पौष १९ गते सम्पन्न १३औँ बैंठकले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैङ्कका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली, महासचिवमा हिमालयन बैङ्कका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैङ्कका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत रूपमा मनोनयन गरेको छ । 

    विधान संशोधनपूर्व उपाध्याय उपाध्यक्ष, मल्ली सचिव, श्रेष्ठ सहकोषाध्यक्ष, ढकाल र प्रधान कार्यकारी सदस्य पदको जिम्मेवारीमा रहेका थिए । 

    बैठकले मनोनयन गरेसँगै अध्यक्ष पवनकुमार गोल्यानले मनोनित पदाधिकारीहरूको शपथग्रहण गराई बधाई तथा शुभकामना समेत व्यक्त गरे । 

    शपथग्रहणपछि वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलगायत पदाधिकारीले आफूप्रति विश्वास र भरोसा गरी सर्वसम्मत मनोनयन गरेकोमा अध्यक्ष तथा कार्यसमितिप्रति धन्यवाद व्यक्त गर्दै सिबिफिनले आर्जन गरेको मान प्रतिष्ठा, गरिमा र उपलब्धिहरूलाई अक्षुण्ण राख्दै थप उचाइमा पु¥याउन हरदम सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

    यस्तै, बैठकले सिबिफिनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ ।

    संशोधित विधानअनुसार सिबिफिनको १७ सदस्यीय कार्यसमितिमा नेपाल पूर्वाधार विकास बैङ्क र क वर्गको वित्तीय संस्थाहरूको समूहबाट अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १० जना, ख वर्गको वित्तीय संस्थाहरूको समूहबाट वरिष्ठ उपाध्यक्ष र सचिवसहित चारजना र ग वर्गको वित्तीय संस्थाहरूको समूहबाट उपाध्यक्ष र सहकोषाध्यक्षसहित तीनजना पदाधिकारी तथा सदस्य रहनेछन् ।

    नेपालमा संचालित वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीहरूको छाता संस्थाको रूपमा स्थापित सिबिफिनले बैङ्क तथा वित्तीय संस्थाका संस्थापक÷सर्वसाधारण लगानीकर्ता एवं सरोकारवालाहरूको हकहितको संरक्षण एवं सम्बद्र्धन गर्दै गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवाको विकास एवं विस्तार गर्दै आर्थिक तथा बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरूको समुचित निकासका लागि अध्ययन–अनुसन्धानसहित उपयुक्त नीतिगत व्यवस्था र वातावरणका लागि निरन्तर रूपमा पहल गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार