images
images

एनआइसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त, अध्यक्ष राठीले गराए शपथ

एनआइसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त, अध्यक्ष राठीले गराए शपथ

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • images
    images
    एनआइसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त, अध्यक्ष राठीले गराए शपथ
    images
    images

    काठमाडौँ / एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । लघुवित्त संस्थाको संस्थापक एनआई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरिएको हो । 

    images
    images

    लघुवित्त वित्तीय संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ । 

    उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक समूहमा संस्थापक एनआइसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका छन् । 

    साथै, नवनियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । 

    बैंकिङ्ग क्षेत्रमा करीब १० वर्षदेखि कार्यरत खड्का एनआइसी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत रहनुका साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि छन् ।

    उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरू माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने विश्वास रहेको संस्थाले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार