images
images

पाँच महिनामा नेपालबाट ५ अर्ब ९७ करोडको चिया–कफी निर्यात, आयात कति ?

पाँच महिनामा नेपालबाट ५ अर्ब ९७ करोडको चिया–कफी निर्यात, आयात कति ?

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • पाँच महिनामा नेपालबाट ५ अर्ब ९७ करोडको चिया–कफी निर्यात, आयात कति ?

    काठमाडौँ / नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा करिब ६ अर्ब रुपैयाँ बराबरको चिया र कफी विभिन्न देशमा निर्यात गरेको छ।

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्ममा ५ अर्ब ९७ करोड ४० लाख ७७ हजार रुपैयाँ बराबरको चिया र कफी नेपालले निर्यात गरेको हो।

    उक्त रकम बराबरको चिया र कफी विभिन्न देशमा निर्यात गर्दा नेपालले विभिन्न देशहरूबाट ४ अर्ब ७८ करोड ८१ लाख ७४ हजार रुपैयाँको आयात गरेको छ । यसरी हेर्ने हो भने चिया र कफी को व्यापारमा नेपाललाई १ अर्ब १८ करोड ५९ लाख ३ हजार रुपैयाँ व्यापार नाफा भएको छ । 

    यस्तै, चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले सो चिया र कफी आयात निर्यात गर्दा १ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार