images
images

राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस

राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस

    गण्डकी / नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । 

    images
    images

    प्रदेश कमिटीको बैठकले तीनवटा निर्वाचन एकाइका लागि सम्भावित उम्मेदवारको नाम छनोट गरी बुधबार केन्द्रीय कमिटिमा पठाएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

    खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको उनले बताए । 

    अपाङ्गता÷अलपसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाका मीना बरामको नाम सिफारिस गरिएको छ ।  

     महिलातर्फ गोरखाका सम्झना देवकोटा, कास्कीका सगुन गुरुङ र स्याङ्जाका ईश्वरी सिग्देलको नाम केन्द्रमा पठाइएको एमाले प्रदेश कमिटिले जनाएको छ । 

    राष्ट्रियसभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार