images
images

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज मंगलबार सुन–चाँदी दुवैको मूल्य बढेको छ । 

    images
    images

    नेपाल सुन–चाँदी व्यवसायी महासंघको अनुसार आज बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला  पाँच रुपैयाँले बढेको हो । 

    महासंघको अनुसार आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ । 

    सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज नेपाली बजारमा चाँदीको मूलय समेत बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार