images
images

काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु सुखद् होइन : अर्थमन्त्री

काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु सुखद् होइन : अर्थमन्त्री

शनिवार, पुस १४ २०८०
शनिवार, पुस १४ २०८०
  • काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु सुखद् होइन : अर्थमन्त्री

    काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images

    उनले भने, “नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि हामीले विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था होइन । काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु हाम्रा लागि सुखद् होइन ।” 

    “फर्निचरको क्षेत्रमा हामी आत्मनिर्भर बन्न सकिन्छ । निर्यातको पनि प्रशस्त सम्भावना छ । कला संस्कृतिको हिसाबले पनि नेपाल समृद्धि छ । हामीले विशिष्ठ किसिमका फर्चिनर निर्माण गर्न सक्छौँ, जसको माग देशबाहिर पनि हुन सक्छ” मन्त्री डा. महतले भन, “यो व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध छ । हाम्रो बजेटको नीतिअनुसार तयारी सामानमा बढी भन्सार, यही उत्पादन हुने तर बाहिरबाट ल्याइने कच्चा पदार्थमा थोरै भन्सार दर लाग्दछ । यही उद्योग व्यवसाय फस्टाउन सकोस् भनेर सरकारले यो नीति अवलम्बन गरेको हो ।”

    स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहन्छ । सरकारी अथवा निजी घरमा बाहिरी फर्निचर उपयोग भइरहेको छ । ती फर्निचर हेर्दा राम्रो देखिए पनि टिकाउ नहुने मन्त्री डा. महतको भनाइ थियो ।

    यस्ता कुरा हामीले उपभोक्तालाई सूचित गर्न जरुरी रहेको भन्दै उनले भने, “हाम्रा उत्पादन पनि आकर्षक र टिकाउ हुन जरुरी छ । ऐन, नियम र कानुनले फर्निचर उद्योगमा समस्या आएको भनिएको छ, त्यसलाई फुकाउन सरकार लागेको छ ।”

    “नेपाली उद्योगलाई सहज गर्ने कुरामा हामीले सहयोग पुर्याउनुपर्छ । वनमा काठ कुहिएर जाने, उपयोग नहुने व्यवस्था हट्नुपर्छ । आयातित बस्तुसँग प्रतिस्पर्धा गर्ने गरी हामीले काम गर्नुपर्छ । यो व्यवसायमा हामी आत्मनिर्भर भएर बाहिर निर्यात गर्ने अवस्थामा हामी पुग्नुपर्छ” मन्त्री डा. महतले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार