images
images

त्रिभुवन विमानस्थलबाट १० महिनामा ७० लाख २३ हजारले गरे यात्रा

त्रिभुवन विमानस्थलबाट १० महिनामा ७० लाख २३ हजारले गरे यात्रा

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • त्रिभुवन विमानस्थलबाट १० महिनामा ७० लाख २३ हजारले गरे यात्रा
    images
    images

    काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनामा ७० लाख भन्दा बढि यात्रु आवतजावत गरेका छन्।  यो काठमाडौं भित्रने र यो विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको तथ्यांक अनुसार १० महिनामा ७० लाख २३ हजार ९०७ जना यात्रु आवतजावत गरेका हुन्। 

    अघिल्लो बर्ष अर्थात सन् २०२२ मा ७९ लाख ५४ हजार ४८० जना यात्रु आवतजावत गरेका थिए । यस्तै, सन् २०२१ मा ३५ लाख २८ हजारले आन्तरिक र १४ लाख ५७ हजारले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । यसरी तथ्याङ्क हेर्ने हो भने कोरोना माहामारीपछि भने हवाई यात्रु बढेको तथ्याङ्कले देखाउँछ। 

    तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३६ लाख ७९ हजार ६०५ जना रहेको छ ।

    यस्तै, आन्तरिक टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३३ लाख ४४ हजार ३०२ रहेको तथ्यांक छ । यस अवधिमा काठमाडौँबाट १९ लाख ५८ हजार ६८७ जना यात्रु विदेश उडेका छन् । विदेशबाट काठमाडौँ भित्रने यात्रुको संख्या १७ लाख २० हजार ९१८ रहेको छ । बाहिरी जिल्लाबाट जहाजमा काठमाडौँ भित्रने यात्रुको संख्या १६ लाख ६८ हजार २७ रहेको छ । काठमाडौँबाट बाहिरी जिल्लामा जाने यात्रुको संख्या १६ लाख ७६ हजार २७५ जना रहेको तथ्यांक छ ।

    यस अवधिमा काठमाडौँ विमानस्थलमा कुल २५ हजार ६७४ वटा अन्तर्राष्ट्रिय उडान अवतरण (फ्लाइट मुभमेन्ट) भएका छन् । जसमध्ये १२ हजार ८३७ उडान र १२ हजार ८३७ नै अवतरण भएको तथ्यांक छ । आन्तरिकतर्फ कुल ७८ हजार ६६३ वटा उडान–अवतरण भएका छन् । जसमध्ये अवतरण ३९ हजार ३१९ र उडान ३९ हजार ३४४ रहेको तथ्यांक छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार