images
images

९ कम्पनीको १८ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा, कुनको प्रतिकित्ता न्यूनतम मूल्य कति ?

९ कम्पनीको १८ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा, कुनको प्रतिकित्ता न्यूनतम मूल्य कति ?

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • ९ कम्पनीको १८ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा, कुनको प्रतिकित्ता न्यूनतम मूल्य कति ?

    काठमाडौँ / आज (पुस ११ गते) देखि विभिन्न कम्पनीका संस्थापक समूहका १८ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ । 

    images
    images

    प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले ६ र श्री गणेश प्रोपटिज एण्ड इन्भेष्टमेन्टले ४ कम्पनी गरी कुल ९ कम्पनी १८ लाख २३ हजार ४६० कित्ता सेयर लिलामीमा राखिएको हो ।   

    प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले साइन सेसुंगा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७,नेपाल लाइफको ५ लाख २३ हजार ११२, आईसीएफसी फाइनान्सको ९२ हजार ६१६, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९ हजार ६७८, प्राइम कर्मसियल बैंकको ४९ हजार ७१७, प्रभु बैंकको ६८ हजार ७२९ कित्ता र कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो ।

    त्यस्तै गणेश प्रोपटिज एण्ड इन्भेष्टमेन्टले आईसीएफसी फाइनान्सको १ लाख ६ हजार १२ र हिमालयन लाइफको १ लाख २४ हजार ८३३ कित्ता सेयर लिलामीमा राखेको हो ।

    साइन सेसुंगा डेभलपमेन्ट बैंकको न्यून्तम मूल्य १२०, नेपाल लाइफको ३२५, आईसीएफसी फाइनान्सको १७५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२०, प्राइम कर्मसियल बैंकको ११०, प्रभु बैंकको ११०  र कुमारी बैंकको न्यूनतम मूल्य ११० रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै गणेश प्रोपटिज एण्ड इन्भेष्टमेन्टको स्वामित्वमा रहेको आईसीएफसी फाइनान्सको संस्थापक सेयरको न्यूनतम मूल्य १७५ र हिमालयन लाइफको २०० रुपैयाँ तोकिएको छ । 

    लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा आईपुग्ने गरी पुस १९ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।    

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार