images
images

विद्युत लाइन काटिएका तीन ओटा उद्योगका मजदुरहरू उत्रिए प्रदर्शनमा

विद्युत लाइन काटिएका तीन ओटा उद्योगका मजदुरहरू उत्रिए प्रदर्शनमा

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • विद्युत लाइन काटिएका तीन ओटा उद्योगका मजदुरहरू उत्रिए प्रदर्शनमा

    वीरगञ्ज / डेडिकेटेड र ट्रंक लाइन विवादका कारण नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरूले प्रदर्शन गरेका छन् ।

    images
    images

    मंगलबार बिहान जगदम्बा स्टिल उद्योगका मजदुरहरूले प्रदर्शन सुरु गरेकामा अब त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरू पनि प्रदर्शनमा उत्रिएका हुन् ।

    जगदम्बा स्टिलमा करिब ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिव २ हजार ५ सय र हुलास स्टिलमा करिब एक हजार ५ सय मजदुरहरू कार्यरत छन् ।

    आआफ्ना कारखानाबाट प्लेकार्डसहित प्रदर्शनमा निस्किएका मजदुरहरूले प्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार