images
images

मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको मन्त्री महतको दाबी

मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको मन्त्री महतको दाबी

मंगलवार, पुस १० २०८०
मंगलवार, पुस १० २०८०
  • मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको मन्त्री महतको दाबी
    images
    images

    काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलबार चितवनमा आयोजित ‘१७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् । 

    अर्थमन्त्री महतले विभिन्न तथ्याङ्कहरूले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताए । उनले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्याउन सकिने बताए । 

    अर्थमन्त्री महतले देशभित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गरे । नेपालमा केही छैन भन्ने सोचेर बाहिर जानेभन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढ्नुपर्ने उनको भनाई थियो । 


    देशमा धेरै गर्न बाँकी रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीहरुलाई आग्रह गरे । उनले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने घोषणा गरे । 


    अर्थमन्त्री महतले निकुञ्जसम्बन्धि पुरानो ऐन सरकारले संशोधन गर्ने आश्वासन समेत दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार