काठमाडौँ / मंगलबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको सुनको मुल्य आज अघिल्लो कारोबारको तुलनामा प्रतितोला छ सय रूपैयाँ बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी अघिल्लो कारोबारको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।
सोमबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।