काठमाडौँ / एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग एक सम्झौता गरेको छ ।
जसअनुसार अब एनएमबि बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल अनलाइनबाट तिर्न सक्ने भएका छन् ।
हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् ।
सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ