images
images

सुन आयात ७.२५ प्रतिशतले घट्यो

सुन आयात ७.२५ प्रतिशतले घट्यो

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • सुन आयात ७.२५ प्रतिशतले घट्यो

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ५ महिनामा नेपालमा करिब १० अर्ब रुपैयाँ बराबरको सुन आयात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्ममा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको हो । 

    तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ । गत वर्ष ५ महिनामा नेपालले १० अर्ब ७५ करोडको एक हजार ४ सय ६६ किलो सुन आयात गरेको थियो । 

    यसरी गत आर्थिक बर्षको तुलनामा चालु आ.व.मा सुन आयात ७.२५ प्रतिशतले घटेको देखिएको छ । तथ्यांकअनुसार गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा सुनको आयात परिमाणमा २६५ किलो र आयात रकम करिब ७८ करोडले कम हो ।

    चालु आर्थिक वर्षको मंसिरसम्म नेपालले एक हजार २ सय एक किलो सुन आयात गरेको छ ।कात्तिकसम्म नेपालमा एक हजार किलो सुन आयात भएको थियो ।

    सुनको धेरै खपत हुने मंसिर महिनामा मात्रै सुन आयात परिमाण २ सय एक किलोले बढेको भन्सारले जनाएको छ । जसको लागत एक अर्ब ७६ करोड २९ लाख रुपैयाँ बराबर हुन्छ ।

    चालु आवको कुन महिनामा कति सुन भित्रियो ? 

    साउन– २०० केजी
    भदौ– ३०० केजी
    असोज– ४०० केजी 
    कार्तिक– १०० केजी
    मंसिर– २०० केजी

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार