images
images

भन्सारले ५ महिनामा उठायो १ खर्ब ७० अर्ब राजस्व

भन्सारले ५ महिनामा उठायो १ खर्ब ७० अर्ब राजस्व

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • भन्सारले ५ महिनामा उठायो १ खर्ब ७० अर्ब राजस्व

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा आयात घटे पनि भन्सार राजस्व भने बढेको छ । 

    images
    images

    चालू आवको साउन–मंसिरमा आयात ३.३९ प्रतिशतले घटेको छ । सो अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । तर, गत आवको यसै अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको आयात भएको थियो ।

    यही अवधिमा राजस्व संकलन भने गत वर्षको तुलनामा करिब १०.९३ प्रतिशतले बढेको छ । गत आर्थिक बर्ष २०७९/८० को पाँच महिनामा एक खर्ब ५४ अर्ब १३ करोड ३६ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको भन्सार प्रशासनले चालू आवको सोही अवधिमा एक खर्ब ७० अर्ब ९८ करोड १२ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।

    यस्तै, पाँच महिनाको अवधिमा नेपालबाट जम्मा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुन सकेको छ । आयात निर्यातको ब्यालेन्स हेर्दा चालु आर्थिक वर्षको ५ महिनामा सरकारलाई कूल ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ खुद व्यापार घाटा लाग्न पुगेको छ । तथापि, यो अघिल्लो वर्षको तुलनामा भने कम हो । 

    आयात निर्यातबाट सरकारले ५ महिनामा कूल १ खर्ब ७० अर्ब ९८ करोड १२ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको हो । जुन कूल आयात–निर्यातको कूल परिमाणको २४.२४ प्रतिशतको हिस्सा हो । समीक्षा अवधिमा कूल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९९ हजार रुयैयाँ बराबरको वस्तु आयात तथा निर्यात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार