images
images

५ महिनाको वैदेशिक व्यापार : आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?

५ महिनाको वैदेशिक व्यापार : आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ५ महिनामा नेपालको आयात–निर्यात, वैदेशिक व्यापार र व्यापार घाटा खुम्चिएको हो ।

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • ५ महिनाको वैदेशिक व्यापार : आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पाँच महिना (साउनदेखि कात्तिकसम्म) मा वैदेशिक व्यापारको मात्रा घटेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ५ महिनामा नेपालको आयात, निर्यात, वैदेशिक व्यापार र व्यापार घाटाको मात्रा घटेको देखिएको हो । 

    तथ्याङ्क अनुसार ५ महिनामा आयात ३.३९ प्रतिशतले घटेको छ भने, निर्यात ६.०९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको मंसिरसम्मको अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको आयात भएको छ । जबकि, गत वर्षको यहि अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको आयात भएको थियो । यो ३.३९ प्रतिशतको गिरावट हो ।

    यस्तै, नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । गत वर्षको यहि अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको निर्यात भएको थियो ।

    ५ महिनाको अवधीमा आयात र निर्यात नै घटेपनि व्यापार घाटामा समेत ३.०९ प्रतिशतको सुधार दखिएको छ । गतवर्ष ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँको व्यापार घाटा भएकामा यो वर्ष ५ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको मात्रै व्यापार घाटा भएको छ ।

    यस अवधिमा नेपालको वैदेशिक व्यापार नै खुम्चिएकाले वैदेशिक व्यापार घटेको हो । गत वर्षको ५ महिनामा ७ खर्ब ३२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जुन, यो वर्ष ३.६४ प्रतिशतले घटेर ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँमा कायम भएको छ ।

    यस्तो छ नेपालको वैदेशिक व्यापारको अवस्था

    व्यापार सूचक २०७९/८० को ५ महिना २०८०/८१ को ५ महिना फरक (प्रतिशतमा)
    आयात ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ३.३९
    निर्यात ६७ अर्ब ३० करोड ४५ लाख ६३ अर्ब २० करोड ७४ लाख ६.०९
    व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड ५ खर्ब ७९ अर्ब ३.०९
    कुल विदेशी व्यापार ७ खर्ब ३२ अर्ब ७ खर्ब ५ अर्ब ४१ करोड ३.६४
    आयात/निर्यात अनुपात ९.८८  १०.१६  २.८४
    कुल व्यापारमा निर्यात शेयर ९.१९  ८.९६  २.५०
    कुल व्यापारमा आयात शेयर ९०.८१  ९१.०४  ०.२५

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार