images
images

विभिन्न सहरहरूमा शिवम् सिमेन्टको ‘शिवम् सन्देश’, घर निर्माणको योजना बनाउन र घर निर्माण गर्न उपयोगी

विभिन्न सहरहरूमा शिवम् सिमेन्टको ‘शिवम् सन्देश’, घर निर्माणको योजना बनाउन र घर निर्माण गर्न उपयोगी

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • विभिन्न सहरहरूमा शिवम् सिमेन्टको ‘शिवम् सन्देश’, घर निर्माणको योजना बनाउन र घर निर्माण गर्न उपयोगी

    काठमाडौँ / शिवम् सिमेन्टले देशका विभिन्न सहरहरूमा विभिन्न क्रियाकलापहरू गरी शिवम् सन्देशको प्रचार–प्रसार गरेको छ । इटहरीबाट सुरु गरेको उक्त प्रचार–प्रसार कार्यक्रम इटहरी, जनकपुर, नारायणगढ, हेटौँडा, विरगञ्ज लगायतका सहरहरूका प्रमोटरहरू राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, क्यूआर स्क्यान तथा अन्य क्रियाकलापहरू गरी शिवम् सन्देश बारे जानकारी तथा प्रचार–प्रसार गरेको हो । 

    images
    images
    images
    images

    जहाँ शिवम सन्देशका बारेमा बुझ्न चाहनेहरूको लागि तत्कालै जानकारी प्रदान गरिएको थियो । देशका विभिन्न सहरहरूमा शिवम्ले शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् । शिवम् सिमेन्टले आफ्नो प्रचार–प्रसारमा विभिन्न समयमा नयाँ नयाँ उपायहरू अपनाउदै आइरहेको छ । यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरू बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ । 

    घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पु¥याउने आदि जस्ता थुप्रै अति उपयोगी जानकारीहरू समेटिएको शिवम् सन्देशले ‘भरोसा अटुट सम्बन्धको’ भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पु¥याएको कम्पनीको दाबी छ  । 
    भूकम्प र बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने ? जस्ता जटिल लाग्ने प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू ‘शिवम् सन्देश’मा समेटिएका छन् । 

    साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि यसमा समेटिएको छ । 

    Shivam news.jpg

    नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारीमूलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको थियो । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो । 

    सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार